२०७८ माघ १३ गते बिहिवार

दाङमा जारी लकडाउन एक हप्ता थपियो



८ असार,घोराही –
दाङमा जारी लकडाउन असार १५ गते सम्म थपिएको छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएसंगै यसको रोकथाम,नियन्त्रण तथा उपचारका लागी गरिएको लकडाउनको आज बेलुकी छ बजे सकिन लागेको थियो ।

आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जारी लकडाउन असार १५ गते मंगलबार बेलुकी ६ बजे सम्मका लागि थप गरिएको संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।त्यस्तै बिहान ६ देखी १० बजे सम्म खुल्दै आएका बजार अब दिउँसो २ बजे सम्म खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरि आज बसेको बैठकले बैंक तथा वित्तिय संस्था विहान १० बजेदेखि ३ बजे सम्म खुल्ने भएका छन् । सरकारी कार्यालयहरु विहान १० बजेदेखि १ बजेसम्म र पसलहरु बिहान ६ देखी १० बजे सम्म खुल्दै आएका छन् । होटलहरुले दिउँसो प्याकिङ गरेर खाना खाजा घरमै पु¥याउदैआएका छन् ।।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्