२०७८ साउन १६ गते शनिवार

दाङमा महानगरपालिका बनाउन थालेकोप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण (विज्ञप्ती सहित)



८ असार,घोराही –
लुम्बिनी प्रदेश सरकारले दाङका दुई उपमहानगरपालिलाई मिलाएर महानगरपालिका बनाउन थालेको प्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज घोराहीमा पत्रकार सम्मेलन मार्फत एक प्रेस विज्ञप्ती जारी गर्दै भुगोल एकिकरणले मात्र महानगर बन्न नसक्ने भएकाले व्यवस्थित पुर्बाधार र शहरिकरणको विकास नहुदै महानगर बनाउनु तत्कालका लागि गलत भएको जनाएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर २ का सभापती भुपबहादुर डाँगीले महानगरका लागि जनसंख्याको अवस्था, साधनश्रोत, सडक, विजुली, अस्पताल, विद्यालय जस्ता आधारभुत कुरालाई मध्यनजर गर्नुपर्ने भन्दै वर्तमान अवस्थामा यो कुनै पनि कारणले दाङमा महानगरपालिका बनाउन जायज नदेखिएको बताउनुुभयो । साथै दाङको ऐतिहासिक धरोहरको रुपमा रहेको घोराही उपमहानगरपालिकाको अस्तित्वका लागि पनि असहमति जाहेर गर्न सबैलाई अपिल गरिएको छ ।

त्यस्तै डाँगीद्धारा हस्ताक्षरित विज्ञप्तिमा यो कोरोना महामारीको समयमा सरकार जनतामाथी असंबेदनसिल लापरबाहि र गैरजिम्मेवार बनेको बताईएकोे छ । नागरिकलाई खोपको व्यवस्था,कोरोना संक्रमितका लािग औषधी,आवश्यक वेड र आईसियु नभएको भन्दै सरकार औषधी कमिसन र भ्रष्टिचारमा लिप्त भएको बताएको हो । त्यस्तै कोरोना महामारीको यो जोखिम अवस्थामा फ्रन्टलाईनमा रहेर काम गर्नेहरु अझै ठुलो जोखिममा रहेका बताएको छ ।

त्यस्तै जनप्रतिनिधीको नाममा सत्तासिन पार्टीका पहुचवाला कार्यकर्तालाई खोप प्रदान गरि सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ । जेष्ठ नागरिकका लागि प्राप्तखोपहरु आफन्तहरुलाई वितरण गरि संवेदनाहित कार्य गरेको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ती जनाएको हो । साथै आम नागरिकलाई तुरुन्त खोपको व्यवस्थागरि जारि निशेषाज्ञालाई सहज बनाउन स्थानिय, प्रदेश र संघीय सरकारसंग मागगरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।।

प्रेस विज्ञप्ती :

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्