२०७८ माघ १३ गते बिहिवार

दाङमा जारी लकडाउनलाई केहि खुकुलो पार्दै अझै एक साता थाप्छौ : प्रजिअ पौडे्ल



८ असार,घोराही –
दाङमा गत बैशाख १७ गते देखी जारी लकडाउन आज सकिदै छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएसंगै यसको रोकथाम,नियन्त्रण तथा उपचारका लागी गरिएको लकडाउनको आज बेलुकी छ बजे सकिन लागेको हो । कुनै दिन दैनिक साढे ४ जना संक्रमित भेटिने र १७ जनाको सम्म मृत्यु हुने गरेको अबस्थाबाट अहिले भने कोरोना संक्रमण निकै घट्दो अबस्थामा आएको छ । तर अझै सजकता अपनाउनु पर्ने अबस्था रहेको भन्दै आज देखी फेरी एक साता लकडाउन थप्ने तयारी गरिएको छ । व्यापार व्यवसायलाई थप समय सम्म खोल्न दिने, निजी सवारीका साधनलाई जोरविजोरबाट सञ्चालनमा दिने तर्फ केही खुकुलो पार्दै एक साता लकडाउनलाई लम्ब्याउने सोच रहेको छ,–कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

लकडाउन थप गर्ने र कुन कुन क्षेत्रलाई खुकुलो बनाउने भन्ने बिषयमा आज कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बस्ने प्रजिअ पौडेलले जानकारी दिनुभयो । पछिल्लो समय पसलहरु बिहान ६ देखी १० बजे सम्म खुल्दै आएका छन् । अन्य निर्माण सामाग्रिका पसल र ढुवानी बेलुका खुल्ने गरेका छन् । होटलहरुले दिउँसो प्याकिङ गरेर खाना खाजा घरमै पु¥याउदैआएका छन् ।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्