२०८० असोज १७ गते बुधवार

प्रहरीलाई सरूवा गराइदिने धम्की दिने ज्वाला विरुद्ध उजुरी, छानबिन सुरु हुँदै



७ असार, काठमाडौं –
आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलाविरुद्ध उजुरी परेको छ । ट्राफिक प्रहरी असई मणिकान्त झाले सोमबार महानगरीय प्रहरी परिसर संग्रौलामाथि उजुरी दिनुुभएको हो ।

ड्युटीमा रहेको बेला ज्वालासहितको टोलीले आफूमाथि रंगभेदी टिप्पणी गरेको भन्दै झाले कारबाहीको माग गर्न प्रतिवेदन दर्ता गराउनुुभएको छ।

गतसाता सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा ज्वालासहितको टोलीले रंगभेदी शब्द प्रयोग गरेर ट्राफिक प्रहरी असई झालाई अपमान गरेका थिए। उनले ट्राफिक प्रहरी असई झालाई सरूवा गराइदिने धम्कीपनि दिएकी थिइन्। प्रतिवेदन आइसकेकोले छानबिन सुरू हुने प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्