२०७८ माघ १३ गते बिहिवार

चार बर्षमा घोराहीमा ९१ किमी सडक कालोपत्रे



७ असार, घोराही –
घोराही उपमहानगरपालिका वितेको चार बर्षमा झण्डै ९२ किलो मिटर सडक कालोपत्रे गरेको छ । २०७४ सालामा जनप्रतिनिधी निर्वाचित भए देखी अहिले सम्म ९१ दशमलव ८६ किलोमिटरसडक कालोपत्रे भएको हो ।

शहर देखी गाउँ जोड्ने र टोल टोलमा सडक कालोपत्रे गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभएको छ । त्यसैगरी, २ सय ८ दशमलव ८४ किलोमिटर सडक ग्राभेल, ९० दशमलव २२ किलोमिटर नयाँ सडक निर्माण गरिएको उहाँको भनाई छ ।

६७ वटा स्थानीय पुल, २ वटा झोलुङ्गे पुल, एउटा स्यानेटरी ल्यान्ड फिल साइटको निर्माण, २ हजार ५०२ घरमा खानेपानीको सुविधा पु¥याईएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले अहिले सम्म ६७ वटा कानुन निर्माण गरेको छ । ६४ वटा कुवा निर्माण, २६ वटा डिप बोरिङ, १३ वटा नयाँ पार्क, २६ वटा कृतिम जलाशय, ४ सय ५ दशमलव २६ हेक्टर जमिनमा सिंचाई सुविधा, ११ वटा खेलकुद मैदान बनाएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी, ३ वटा रंगशाला निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग, १६ वटा विद्यालयमा नयाँ कक्षा कोठा निर्माण, २३ स्वास्थ्य संस्था भवन निर्माण, ११ वटा यात्रु प्रतिक्षालय निर्माण २७ वटा सामुदायिक वन भवन निर्माण गरेको उपमहानगरपालिकाले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्