२०७८ माघ ३ गते सोमवार

दाङमा एक व्यक्ति मृत अवस्थामा फेला



७ असार,घोराही  –
दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १४ कल्पु धर्मशाला नजिक रहेको पाल्पाली होटलमा मृत अवस्थामा फेला परेका हुन् ।

मृतक व्यक्ति घोराही उपमहानगरपालिका वडा नम्बर १८ का आकाश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

अन्दाजी ३५ वर्षका ती व्यक्ति आज विहान करिव ७ बजे तिर मृत अवस्थामा फेला परेको उहाँको भनाई छ । हिजो साझ बास वस्न आएका खड्काले अत्याधीक मापसे गरेर बोमिट गरेको देखिएको डिएसपी रिजालले जानकारी दिनुभएको छ ।

शवलाई पोष्र्टमाटमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाइएको छ । साथै घट्नाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाई रहेको छ ।।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्