२०८० असोज १७ गते बुधवार

बर्षातका कारण छिल्लीकोट मन्दिर क्षेत्रमा लगाइएको रेलिड भत्कियो



६ असार,घोराही –
तुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोटमा रहेको मालिका मन्दिर क्षेत्रमा लगाइएको रेलिड बर्षातका कारण भत्किएको छ । लुम्बिनी प्रदेश सरकार को ३० लाखको लागतमा मन्दिर क्षेत्रमा रेलिङ लगाइएको थियो ।

मन्दिर क्षेत्र वरपर निर्माण कम्पनीले पर्खाल उठाउँदा सिमेन्ट प्रयोग नगरी माटोको जडानले पर्खाल लगाउँदा लगातारको वर्षाको कारण रेलिङ भत्किदा डेढ सय वर्ष अघि निर्माण गरिएको मन्दिर जोखिममा रहेको मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष परवीर पुनले जानकारी दिनुभयो ।

समितिका अध्यक्ष पूर्णबहादुर पुनले तत्काल मन्दिर र ऐतिहासिक धार्मिक स्थल बचाउन तुलसिपुर उपमहानगरपालिका, प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्