२०८० असोज १७ गते बुधवार

दाङमा कोभिसिल्ड खोपको दोस्रो मात्राको खोप आजबाट शुरु



६ असार,घोराही  –
दाङमा कोभिसिल्ड खोपको दोस्रो मात्राको खोप आजबाट लगाइँदै छ । फागुन २३ गते भन्दा अगाडि र सोही दिनदेखि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुले जिल्लाका विभिन्न खोप केन्द्रमार्फत लगाउन पाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोपको पहिलो मात्रा लगाएर दास्रो मात्रा नलगाएका तथा पहिलो प्राथमिकतामा रहेका लक्षित वर्गहरु स्वास्थ्यकर्मी, महिला स्वयमसेवीका, सरसफाईकर्मी, एम्बलेन्स तथा शववाहन चालक, कर्मचारीले खोप लगाउने छन् । यस्तै पत्रकार, स्वास्थ्यजनप्रतिनिधि, जेलमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मी लगायतले दोसो मात्रा लगाउन लागेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अगदबहादर शाहीले जानकारी दिनभयो ।

दाङका दश वटै पलिकामा खोप अभियान सन्चालन गर्न लागीएको उहाँको भनाई छ । कोभिशिल्डको दोस्रो मात्रा घोराही उपमहानरपालिका, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल, बंगलाचुली गाउँपालिकामा, पश्चिम दाङका लागि शान्तिनगर बबई र दंगीशरणको आधारभुत स्वास्थ्य इकाई रगैचामा लगाईने भएको छ भने देउखरीका ४ वटै पालिकाका नागरिकहरुका लागि लमही अस्पतालमा लगाईने भएको छ ।

कोभिशिल्डको दोश्रो खोप लगाउनका लागि स्थानीय तहको स्वास्थ्य शाखामार्फत यस अघि लगत लिने काम भएको स्वास्थ्य कार्यालयको भनाई छ । गएको जेठ २५ र २६ गते जिल्लाका विभिन्न स्थानबाट ६५ बर्ष मुनीका र प्राथमिकतामा परेकाहरुलाई पनि कोरोना विरुद्धको भेरोसिल खोप लगाइएको थियो ।।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्