५ असार,घोराही-
अबिरल बर्षाका कारण घोराही उपमहानगरपालिका १८ घोरदौरामा निर्माणाधिन सांस्कृतिक डबली भत्किएको छ । भिरालो जमिनलाई सम्याएर बनाईएको डबली भारी बर्षाका कारण भत्कीएको हो ।
डबलीको पश्चिमतर्फको गाह्रो भत्किएको छ भने मञ्च पनि चर्किएको छ । त्यस्तै दर्शकदीर्घामा लगाइएको पेटी चर्केको छ ।जमीन सतहको माटोमाथि पेटी लगाएका कारण माटो दबेपछि पेटी भत्किएको हो ।
त्यसैगरी मञ्चको पूर्वतर्फ बनाउँदै गरेको शौचालय पनि भत्किएको छ ।प्रदेश सरकार अन्तरगतको डिभिजन वन कार्यालय घोराही मार्फत करिब एक करोड रुपैयाँको लागतमा सांस्कृतिक डबली बन्दै छ ।।
प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार