२०७८ माघ १३ गते बिहिवार

दाङ-सल्यान सडक चौडा पार्ने काम स्थगित



५ असार,घोराही –
राप्ती राजमार्ग अन्र्तगत दाङ-सल्यान सडक खण्डमा पर्ने कपुरकोट देखी चोरखोखा सम्मको सडक चौडा पार्ने काम स्थगित भएको छ । लगातार बर्षातका कारण पहिरोको जोखिम बढेपछि हाल उक्त सडक चौडा पार्ने काम रोकिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

केहि महिना देखी सडक फराकिलो बनाउन काम भईरहेको थियो । तर अहिले बर्षा सुरु भएसंगै काम स्थगित भएको हो । निरन्तरको बर्षा र पहिरोको जोखिम भएकाले असार, साउन र भदौँ तीन महिनाको लागि सडक चौडाको काम बन्द गरिएको कार्यालयले जनाएको छ ।

सडक स्तरोन्नतीको काम नसकिएपनि सडक डिभिजन कार्यालय दाङले काम रोक्न परिपत्र गरेको छ । पहिरोको जोखिम बढेपछि कपुरकोट–दाङ सडक खण्ड भएर रातको समयमा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय सल्यानले आग्रह गरेको छ ।।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्