२०८० असोज १७ गते बुधवार

सल्यानको एक गाउँमा बाढी पस्दा २० घर विस्थापित



४ असार, घोराही –
सल्यानको छत्रेश्वरी गाउँपालिका ६ र शारदा नगरपालिका १३ को सिमानामा रहेको संघार खोलामा आएको बाढी बस्तीमा पस्दा २० घर विस्थापित भएका छन । हिजो साँझ बाढी बस्तीमा पसेपछि सांघारका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

विस्थापित २० घरपरिवार आफन्तको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिनुुभयो ।

प्रहरी र स्थानीयको सहकार्यमा घरभित्रका मालसामानलगायत सामान सुरक्षित गरिएको उहाँको भनाइ छ । पाँच दिनदेखिको अविरल वर्षाका कारण जिल्लाका दुई दर्जन बढी सडकसमेत अवरुद्ध भएका छन् ।।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्