२०८० असोज १७ गते बुधवार

देउखुरीमा पासोमा परेको हड्डी बाघको उद्दार



४ असार,दाङ – दाङको देउखुरीमा सिकारीले थापेको पासोमा परेको एक हुँडार (हड्डी बाघ) को उद्दार गरिएको छ । अर्जुन खोला देखि ६ सय मिटर उत्तर तर्फ खोलाको ढिकमा हुँडार पासोमा परेकोे थियो ।

हुँडारको नेपाल आर्मी, डिभिजन वन कार्यालय लमहीको टोलीले संयुक्त रुपमा उद्दार गरेको हो । सुरक्षाकर्मीको ब्यारेक नजिकै राती ३ बजे तिरको समयमा पासोमा परेको हुँडार कराएको सुनेपछि नेपाल आर्मीले वन कार्यालय जानकारी गराएर हुँडारको उद्दार गरिएको नेपाली सेनानी मनोज थापाले बताउनुुभयो ।

पासोमा हुँडार परेको खबर पाए लगत्तै घटनास्थल पुगेका वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जीवी खनालले अन्य वन्यजन्तुका लागि सिकारीले थापेको पासोमा हुँडार परेको बताउनुुभयो । बदेल, राते, चित्तल लगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने बाटो पैलाएर पासो थापेको खनालले बताउनुुभयो ।

अजम्बरी सामुदायिक वन क्षेत्रमा बाक्लो जङ्गल भएका कारण त्यस क्षेत्रमा विभिन्न खालका वन्यजन्तु पाइन्छन् । दाङ सङ्गै सटेको बाँके राष्ट्रिय निकुञ्ज बाट पनि अजम्बरी सामुदायिक वनमा थुप्रै वन्यजन्तु आउने गरेको वनका अध्यक्ष पवन शर्मा रिजालले बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्