२०८० असोज १७ गते बुधवार

दाङमा विपदबाट ४९ को मृत्यु, करिब ११ करोड क्षति



४ असार,घोराही –
दाङमा एक वर्षमा विभिन्न विपद्का घटनामा परि ४९ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चलन केन्द्र दाङका अनुसार १४ जना महिला र ३५ जना पुरुषको मृत्यु भएको हो ।

जिल्लामा सबैभन्दा बढी पानीमा डुबेर २४ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको केन्द्रले जनाएको छ । आगलागीबाट २ जना, करेन्ट लागेर ६ जना, सर्पदंशबाट ५ जनाको मृत्यु भएको केन्द्रका सूचना व्यवस्थापन अधिकृत विश्वप्रकाश आर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी, पहिरोमा परी २ जना, खोलाले बगाएर ५ जनाको मृत्यु भएको उहाँले बताउनुभएको छ ।त्यस्तै, जिल्लामा गतवर्ष भारी वर्षाका कारण १५३ वटा घरमा पूर्णरुपमा क्षतिभएको थियो, भने ४५ वटा घरमा आंशिक क्षतिभएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विपद्का कारण ९७० परिवारहरू विस्थापित भएकाथिए । त्यस्तै, आगलागी, भारी वर्षा चट्याङ लगायतबाट १० करोड ८९ लाख७३ हजार ४२० रुपैयाँको क्षतिभएको छ ।।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्