२०८० असोज १७ गते बुधवार

तुलसीपुर बेलुवा देखि सल्यान लुहाम जाने सडकखण्ड हिलाम्मे



३ असार,तुलसीपुर –
दाङको तुलसीपुर बेलुवा देखि दमारगाउँ हुदै सल्यान लुहाम सडकखण्ड बर्षातका कारण हिलाम्मे र खाल्डाखुल्डी भएको छ ।
सडक बर्षाका कारण हिलाम्मे र खाल्डाखुल्डी हुँदा सवारी साधन चल्न सकेका छनैन् । सवारी साधन चल्न नसक्दा स्थानीयलाई बजार आवतजावतमा समस्या परेको महालक्ष्मी टोल विकास संस्थाका कोषाध्यक्ष तुलसी केसीले बताउनुुभयो ।

सो सडक भएर विरामी हुँदा एम्बुलेन्स समेत गाउँमा जान समस्या परेको छ । पटक पटक सो सडकको बारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि चासो नदिएको स्थानीयबासीहरु बताउछन् ।

सम्बन्धित निकायले ध्यान नदिएको भन्दै महालक्ष्मी टोल बिकास संस्थाले सडकमा गिट्टी हाल्ने जनाएको छ। स्थानीयबासीलाई समस्या परेको भन्दै टोल बिकास संस्था बाटो बनाउन तयारी गरेको कोषाध्यक्ष केसीले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्