२०७८ माघ १३ गते बिहिवार

पत्रेखोलामा पानीको वहाव बढेसंगै विचमा खाल्डो परेपछि यात्रुलाई समस्या



३ असार,घोराही । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रेखोलामा सडकमा खाल्डो परेपछि सवारी साधन आवागमनमा समस्या भएको छ । खोलाको वहाव एकातिर फर्काएर छोड्दा पानी निकासमा परेको खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको छ ।

पुल बन्दै गरेकाले सडकमा परेका खाल्डा पुरेर पानीको वहावलाई उचित व्यवस्थापन गर्नेतर्फ कसैको ध्यान नजाँदा यात्रु जोखिममा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले खोलामा सामान्य रुपमा पानीको वहाव बढेपनि आजसम्म क्षेती भने नपुगेको बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्