२०७८ माघ ३ गते सोमवार

बुटवलबाट दाङको भालुबाङमा मन्त्रालय सर्दै



२ असार,घोराही –
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकामा ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थायी राजधानीमा आज स्थापना भएको छ । यो क्रम थपिदै जाने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव भरतमणि सुबेदीले जानकारी गराउनु भएको छ ।

माननीय ग्रामीण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजाल,सांसद रेवतीरमण शर्मा, मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेलाइ राजधानी क्षेत्रमा आज स्वागत गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङ र भवन तथा शहरी विकास कार्यालयका प्रमुखहरुले स्वागत गर्नु भएको हो ।

मन्त्रालयका सचिव महेश चन्द्र न्यौपाने बुधबार मौरीघाटमा रहेको मन्त्रालयमा हाजिर हुनु भएको छ । सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, तत्कालीन लालमटीया गाविसका अध्यक्ष सूर्यप्रकाश शर्मा लगायतको उपस्थिति थियो ।।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्