२ असार,घोराही –
पोल र रुख ढलेर तार चुडिएपछि घोराही क्षेत्रमा आज विद्युत अनियमित भएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका अनुसार दिउसो देखी घोराही क्षेत्रमा विद्युत आपूर्तीमा समस्या भएको हो ।
४ वटा फिडरमा समस्या आएको र अहिले दुईवटा चालु भएको केन्द्रले जनाएको छ । रामपुर र नारायणपुर फिडरको काम भैरहेको र केही समय लाग्ने केन्द्रको भनाई छ ।।
प्रकाशित मिति : २०७८ असार २ गते बुधवार