२ असार, घोराही– दाङमा आज (बुधबार) एक जना कोरोना संक्रमितको मृत्युभएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र घोराहीले आज दिउसो ३ वजे दिएको जानकारी अनुसार घोराही १५ का ७१ वर्षिय पुरुषको मृत्यु भएको हो ।
उनको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारको क्रममा मृत्युभएको हो । आज मृत्युभएका एक पुरुष संगै बैशाख यता कोरोनाबाट मृत्युहुनेको संख्या १ सय ९७ पुगेको केन्द्रले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ असार २ गते बुधवार