२ असार, दाङ –
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले तिज गीत निकाल्दा नेपाली संस्कार र संस्कृतिको विचार गर्न आग्रह गरेको छ ।
पर्व गीतका नाममा पछिल्लो समय विक्रिति तथा विसंगती बढ्दै गएको भन्दै प्रष्ठिानले सर्जकहरु यसप्रति सचेत हुनुपर्नेमा प्रतिष्ठानको जोड छ ।
तीजगीतको नाममा देखिएका विकृति, विसंगती, अभद्र श्रव्यदृश्य सामग्रहीहरु आउने गरेको भन्दै यसमा सचेत हुन दर्शक तथा स्रोताहरुले गरेको आग्रहलाई सम्मान गर्न प्रतिष्ठानले ध्यानकर्षण गराएको छ ।
प्रकाशित मिति : २०७८ असार २ गते बुधवार