२ असार,घोराही –
दाङका ३५ वटा वडाहरु बाढीको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार पारेको विपद् पूर्ब तयारी तथा प्रतिकार्य योजनामा दश स्थानिय तहका एक सय वडाहरु मध्य ३५ वटा वडा बाढीको उच्च जोखिममा रहेका हुन् ।
जस अनुसार राजपुर, गढवा र राप्ती गाउँपालिकाको वडा नम्बर १ देखी ७ सम्म र लमही नगरपालिकाको २, ४, ५, ६, ७, ८ र ९ नम्बर वडा राप्ती नदिको बाढीबाट उच्च जोखिममा रहेका छन् ।
त्यसैगरी, घोराही उपमहानगरपालिकाको वडा नम्बर ३, ५, ८, ९, ११, १२, तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ बबई नदिमा आउने बाढीको उच्च जोखिममा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
त्यसैगरी, दंगिशरण गाउँपालिकाको वडा नम्बर १, २, बबई गाउँपालिकाको वडा नम्बर १, ७ र शान्तिनगर गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ पनि बबईमा आउने बाढीको उच्च जोखिममा रहेका छन् । यसैविच दाङमा पहिरोको उच्च जोखिममा ६ वटा वडाहरु परेका छन् ।
बंगलाचुली गाउँपालिकाको वडा नम्बर ३, ४, ५ ६, शान्तिनगरको १ र ३ नम्बर वडा पहिरोको उच्च जोखिममा छन् । बबई गाउँपालिकाको वडा नम्बर २ र ३, बंगलाचुलीको १, २, ८ र राप्ती गाउँपालिकाका वडा नम्बर ९ पहिरोको मध्यम जोखिममा रहेका छन् ।
यसैविच जिल्ला विपद् व्यवस्थापन समिति दाङले विपदको बेला आबश्यक पर्ने जनशक्ति र स्रोत साधन तयारी अबस्थामा राखिएको बताएको छ । विपद्बाट हुने क्षतिलाई रोक्न जनशक्ति,स्रोत साधान तयारी अबस्थामा राखिनुको साथै सबै सतर्क भएर बस्न दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आग्रह गर्नुभएको छ ।।