२ असार, दाङ – रोल्पामा अबिरल बर्षाका कारण चारवटा घर भत्किएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा चारवटा घर भत्किएको जानकारी दिनुुभयो ।
थबाङ गाउँपालिका वडा नं १ मा दूई वटा, गंगादेब गाउँपालिका वडा नं १ मा एउटा र त्रिबेणी गाउँपालिका वडा नं ६ जुँगारमा थप एउटा घर भत्किएको डिएसपी सुबेदीले बताउनुुभयो । तर, कुनैपनि मानबिय क्षति भने नरहेको उहाँले जानकारी दिनुुभयो ।।
प्रकाशित मिति : २०७८ असार २ गते बुधवार