२०७८ माघ १३ गते बिहिवार

बर्षा शुरुभए संगै दाङमा धानको बिउ राख्न शुरु



२ असार,घोराही –
बर्षा शुरुभए संगै दाङमा धानको बिउ राख्न शुरु गरिएको छ । बिगतको बर्षको तुलनामा यसबर्ष मनशुन चाडै शुरु भएपछि किसानहरुले धानको बिउ राख्न शुरु गरेका हुन् ।

पछिल्ला बर्षहरुमा किसानहरुले हाईब्रिड धानसंगै उन्नत जातीका धानको बिउहरु रोप्न थालेको एग्रोभेट संन्चालकहरुले बताएका छन् । धेरै उत्पादन हुने र बाली लगाउन सजिलो हुने भएकाले धेरै किसानहरुले हाईब्रिड धानसंगै उन्नत जातीका धानको बिउहरु रोप्न थालेको उनीहरुको भनाई छ ।

हाईब्रिड धान धेरै उत्पादन हुने भएकाले परम्परागत धानको बिउ उत्पादनमा कमि आएको किसानहरुले बताएका छन् ।।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्