२०७८ माघ १३ गते बिहिवार

पहिरोको कारण सल्यान–दाङ सडकखण्ड अवरुद्ध



२ असार, सल्यान –
पहिरोको कारण राप्ती लोकमार्ग अन्तर्गत सल्यान–दाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सल्यानको कपुरकोट ३ बस्वारी भन्ने स्थानमा झरेको पहिरोको कारण मंगलबार देखी नै सडक अवरुद्ध छ ।

पहिरो हटाउने प्रयास गरिए पनि निरन्तर पानी परिरहेको र माथीबाट पहिरो झर्ने क्रम नरोकिएकाले सम्भव नभएको प्रहरीले जनाएको छ । सल्यान कपुरकोट देखी दाङ तुलसिपुर जोड्ने बैकल्पीक मोटरबाटोमा पनि ठाउँठाउँमा पहिरो झरेको छ ।

कपुरकोट पाखापानी धैरेनी हुदै सातबास जोड्ने मोटरबाटो तथा कपुरकोट किमुचौर लामिडाँडा हुँदै सातबास जोड्ने मोटरबाटो पनि अवरुद्ध छ । कपुरकोट गाउँपालिकाका विभिन्न वडामा निर्माण गरिएका सडकहरु वर्षाका कारण अवरुद्ध बनेका छन् ।।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्