२०८० असोज १७ गते बुधवार

आज दाङमा कोरोना देखिने र निको हुनेको संख्या बराबर



१ असार,घोराही –
आज दाङमा कोरोना संक्रमित थपिने र निको हुनेको दर बराबर देखिएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र घोराहीले आज दिउसो ३ वजे दिएको जानकारी अनुसार २८ जना संक्रमित थपिदा २८ जना निको भएका हुन् ।
वितेको २४ घण्टामा १ सय जनामा कोरोना परिक्षण गर्दा २८ जनामा पोजेटिभ देखिएको हो ।

आज थपिनेमा घोराहीका ११ ,तुलसीपुरका ६, लमहीका ४,राप्तीका ३ ,गढवा,बंगलाचुली,शान्तिनगर र बबईका १÷१ जना रहेका छन् । त्यस्तै आज निको हुनेमा घोराहीका ११,तुलसीपुरका १२,शान्तिनगरका ३ र गढवाका एक जना रहेका छन् ।

आज थपिएका २८ जना संगै बैशाख यता जिल्लामा कोरोनाबाट निको हुनेका संख्या ७ हजार ७० पुगेको छ भने संक्रमित हुनेका संख्या ७ हजार ६ सय १९ पुगेको छ । संक्रमित मध्यअधिकांस संक्रमित होमआईशोलेस्नका बसेका छन् ।

जसमा २ सय ७० जना होमआईशोलेसनमा ,८३ जना संस्थागत आईशोलेसनमा,सामान्य उपचारमा ८३ जना रहेका छन भने आईसियूूमा १५ जनाको उपचार भईरहेको छ । त्यस्तै आज जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ५३ मा झरेको केन्द्रले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्