२०७८ माघ ९ गते आइतवार

सल्यानमा असार १० गतेसम्म निषेधाज्ञा थप गरियो



१ असार, दाङ –
सल्यानमा जारी निषेधाज्ञा असार १० गतेसम्म थप गरिएको छ । मंगलबार (आज) बसेको जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समितिको बैठकले असार १० गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो ।

बैठकले जिल्लामा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रण नभएको भन्दै निषेधाज्ञा थप गरिएको होमागाईले बताउनुभयो । सल्यानमा योसँगै चौथो पटक निषेधाज्ञा थप गरिएको हो ।।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्