१ असार,घोराही । दाङमा निषेधज्ञा फेरी एक साता लम्बिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको मंगलबार (आज) बसेको बैठकले जारी निषेधाज्ञालाई केहि खुकुलो बनाउदै असार ८ गते सम्म जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडे्लले जानकारी दिनुभयो ।
बैठकले ब्यबसाय बिहान ६ बजेदेखी १० बजेसम्म खोल्ने, सरकारी कार्यालय १० बजेदेखी १ बजेसम्म आंशिक रुपमा खोल्ने निर्णय गरेको छ । त्यस्तै होटेल ब्यबसायीले प्याकिङ गरेर खाना नास्ता बिक्री बितरण गर्ने पनि निर्णय गरेको छ ।
बैंक तथा बित्तीय सस्थालाई दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथाबत राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभएको छ । जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी भनेर गएको बैशाख १७ गतेदेखी निषेधाज्ञा जारी गरिएको छ ।