३१ जेठ,घोराही –
आज परेको विश्व रक्तदाता दिवसको अवसरमा घोराहीमा रक्तदान गरिएको छ । लक्ष्मीपुर युवा क्लब घोराही ४ को आयोजना तथा रक्तसञ्चार सेवा घोराही दाङको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा क्लवका सदस्य सहित घोराहीका २१ जनाले रक्तदान गरेका छन् ।
कोरोना भाईरसको संक्रमण तथा रोकथामका लागि गरिएको लकडाउनको समयमा जिल्लामा रगत अभाव भएको समाचार बाहिर आएको अवस्थामा केहि भएपनि राहत होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष पंकज आचार्यले बताउनुुभयो ।
उक्त कार्यक्रममा हिमाल पौडेल,श्रीधर भण्डारी,खेमराज भण्डारी,ताराप्रशाद भण्डारी,गिरिराज न्यौपाने,नवीन थापा,गिरबहादुर महरा,विकल्प अधिकारी,केशव अधिकारी,हेमराज भण्डारी,विकाश पाण्डे,दिपेश लामीछाने,शन्देश लामीछाने,गिरीराज घिमीरे,लोकराज अधिकारी,भुवन भण्डारी,बसन्त थापाले रक्तदान गर्नुभएको हो ।
त्यस्तै थोनेश्वर भण्डारी,आनन्द भण्डारी,जेलसन भण्डारी र सन्तोष भण्डारीले रक्तदान गर्नुभएको थियो । उपस्थित सम्पुर्ण रक्तदाता,स्वयंसेवक र कार्यक्रम सफल बनाउन सहयोग गर्ने क्लबका सदस्य, समाजसेवी,स्थानीय ,बुद्धिजीवी सम्पुर्णलाई क्लबका सह सचिव खेमराज भण्डारीले धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण सचिव श्रीधर भण्डारीले गर्नु भएको होे ।।