२०७८ माघ ३ गते सोमवार

दाङका दुई अस्पतालद्वारा राहतमूलक कार्यक्रम



३१ जेठ,घोराही – राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीले विरामीका लागि राहतमूलक कार्यक्रम सञ्चालन गरेका छन् । राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ भने आयुर्वेद चिकित्सालयमा नाम दर्ता निःशुल्क गरिएको छ ।

प्रादेशिक अस्पतालमा सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क गर्न पाउने सामाजिक एकाइ समितिका प्रमुख हिमा पौडेलले जानकारी दिनुभयो ।

लक्षित समूहमा गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसापीडित तथा पीडित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, विपद् एवम प्राकृतिक प्रकोपबाट पीडित, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र सीमान्तकृत तथा लोपोन्मुख, आदिवासी जनजाति हुनुपर्नेछ ।।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्