३० जेठ, घोराही – दाङमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ । पछिल्ला दिनमा नयाँ संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्दै गएको हो । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले जिल्लामा ५ सय एक जना मात्रै सकृय बिरामी रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले तराईमा ५ सय सकृय विरामी भएपछि लकडाउन गर्ने अख्तियारी स्थानिय प्रशासनलाई दिएको छ । गत बैशाख दोस्रो साता कोरोनाका बिरामीको संख्या ५ सय नाघेपछि स्थानिय प्रशासनले बैशाख १७ गते देखी जारी गरेको लकडाउन पर्सि असार १ गते सम्म तोकेको छ ।
सकृय बिरामीको संख्या घट्दै गएका कारण कोरोना संकट व्यवस्थापन केन्द्रले अब लकडाउनको मोडालिटी परिर्बतन गर्ने योजना बनाएको छ । सकृय बिरामीको संख्या घट्दै गए पनि जोखिम कायमै रहेका भन्दै केन्द्रले विद्यालय, होटल, सार्वजनिक यातायात, सिनेमा हल सञ्चालनमा अझै केही कडाई गर्ने योजना बनाएको हो ।
दाङमा अहिले सम्म कोरोनाबाट ११ हजार ४ सय ४० जना संक्रमित भएका छन । ति मध्य १० हजार ७ सय ९ जना निको भएका छन भने २ सय ३६ जनाको कोरोनाका कारण मृत्युभएको छ ।।