२०८० असोज १७ गते बुधवार

भारतमा दैनिक संक्रमणदर ४.२५ प्रतिशतमा झर्‍याे, मृतक पनि घटे



३० जेठ । भारतमा दैनिक नयाँ कोरोना संक्रमित भेटिनेको संख्या घट्दै गएको छ।

पछिल्लो २४ घण्टामा ८० हजार ८ सय ३४ नयाँ संक्रमित थपिएका छन् । यो बितेका ७१ दिन यताकै सबैभन्दा कम हो ।

अघिल्लो दिन भारतमा ८४ हजार ३ सय ३२ नयाँ संक्रमित थपिएका थिए जुन ७० दिन यताकै कम संख्या थियो । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या पनि घटेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ३३०३ जनाको मृत्यु भएको छ। अघिल्लो दिन ४००२ जनाको मृत्यु भएको थियो ।

भारतमा अहिले दैनिक संक्रमणदर ४.२५ प्रतिशत रहेको छ। बितेका २० दिनमा १० प्रतिशतले पोजेभिटिदर घटेको मन्त्रालयले जनाएको छ। निको हुने दर ९५.२६ प्रतिशत रहेको छ ।

पछिल्लो चौबिस घण्टामा १ लाख ३२ हजार ६२ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म २ करोड ९४ लाख ३९ हजार ९ सय ८९ जनामा संक्रमण भएको छ। जसमध्ये २ करोड ८० लाख ४३ हजार ४ सय भन्दा धेरै संक्रमणमुक्त भैसकेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणका कारण भारतमा ३ लाख ७० हजार ३ सय ८४ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

अहिले भारतमा १० लाख २६ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् ।

भारतले आफ्ना २५ करोड ३१ लाख ९५ हजार भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस्