२०७८ माघ ९ गते आइतवार

दाङमा ७ हजार ६३४ जनाले खोप लगाए, ७१७ डोज खोप फिर्ता



२९ जेठ, दाङ –
दाङमा यस पटक साढे सात हजार बढिले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । सरकारले तोकेको ६२ वर्ष देखी ६४ बर्ष उमेर समुह लक्षित नागरिकलाई जिल्लामा गएको जेठ २५ र २६ गते पहिलो डोज खोप दिईएको थियो । त्यसमा जिल्लाका दश वटै पालिकामा ७ हजार ६३४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङमा ८ हजार बढि डोज खाप आएकोमा ७१७ डोज खोप फिर्ता भएको कार्यालयले बताएको छ ।

जिल्लाका प्रत्येक पालिकालाई लक्षित समुहको अनुमानित संख्याको आधारमा खोप वितरण गरिएको थियो । तर अनुमानित खोप वितरण गरिएकोमा केहि पालिकामा खोप बचेपछि फिर्ता गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । यस पटक सन्चालन गरिएको खोप अभियानमा केहि लापरबाही भएको पाईएको छ ।

जसले गर्दा लक्षित समुह भन्दा बाहिरका नागरिकले समेत खोप लगाएका थिए । पहुँचको आधारमा लक्षित समुह भन्दा बाहिरका नागरिकलाई पनि खोप लगाएपछि यसको व्यापक जनगुनासो बढेको छ । यो कुरालाई स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले समेत स्वीकार गर्नु भएको छ । लक्षित समुह भन्दा बाहिरका नागरिकलाई पहुँचका आधारमा खोप दिईएको भन्दै आलोचना गरिएको हो ।।
नयाँ युगबोधबाट

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्