२०८० असोज १७ गते बुधवार

दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा पश्चिम दाङका दुई जना घाईते



२८ जेठ, घोराही –
आज पश्चिम दाङमा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना घाईते भएका छन् । तुलसीपुरबाट पश्चिम तर्फ जादै गरेका रा ६ प २९०३ नम्वरको मोटरसाईकल र सोहि दिशा तर्फ गईरहेको रा १ प १९५० नम्वरको मोटरसाईकल शान्तीनगर ५ बैशा नजिकै विहान ११ बजे ठोकिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि रा ६ प २९०३ नम्वरको मोटरसाईकल चालक शान्तिनगर ५ का वडा सचिव २५ बर्षिय रोमहर्ष केसी र रा १ प १९५० नम्वरको मोटरसाईकल चालक दंगशिरण ७ बस्ने २५ बर्षिय हरि बहादुर भण्डारी घाईते भएका छन् ।

केसीको टाउको र भण्डारीको दाया खुट्टामा भाचिएको छ । घाईते केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको र भण्डारीको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको शान्तिनगर ५ का वडा अध्यक्ष गिरीराज बस्नेतले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्