२०८० असोज ६ गते शनिवार

दाङमा फौजी किराको प्रकोप, स्थानिय तह किटनासक औषधी छर्किदै



२८ जेठ,घोराही –
दाङमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । जिल्लाका अधिकांस किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप रहेको छ । समयमै पानी नपर्दा यसरी जिल्लाभर फौजी किराको प्रकोप देखिएको कृषि विज्ञहरुले बताएका छन् ।

पछिल्लो एक हप्तादेखि जिल्ला भर नै यसरी फौजी किराको प्रकोप बढेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखाका अधिकृत कुलराज दहितका अनुसार बर्षा भएमा भने यो रोग आफै हराउने बताउनुभयो ।
फौजी किरा नियन्त्रणकालागि उपमहानगरपालिकाले किसानहरुलाई किटनासक औषधी वितरण गरेको उहाँले बताउनुभयो । उपमहानगरपालिकाले १० ग्रामका १५ सय पाकेट वितरण गरिसकेको उहाँको भनाई छ । उहाँका अनुसार अहिले वडाहरुमा रहेको कृषिको बजेट समेत किटनासक औषधी खरिद गर्न प्रयोग गरे सहज हुन्छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले आफै जनशक्तिको व्यबस्थापन गरेर किटनासक औषधी छर्कने गरेको छ । वडासदस्य दुजमान भण्डारी(बर्षात)का अनुसार वडाका सबै नागरिकको खेतमा पुगेर स्प्रै छर्कने कार्यक्रम रहेको छ ।

त्यस्तै दंगीशरण गाउँपालिकाले पनि फौजी किरा नियन्त्रणकालागि किटनासक औषधी छर्ने कार्य गरिरहेको छ । दंगीशरण ५ का किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखिएपछि वडाले औषधी छर्न स्वयमसेवक खटाएको छ ।।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्