२०७८ असार १० गते बिहिवार

राप्ती नदीमा मापदण्ड विपरित उत्खनन् : विरोधमा स्थानीय बासिन्दा नदीमै धर्ना



२७ जेठ, दाङ –
दाङको राप्ती नदीमा अहिले मापदण्ड विपरित मनोमानी जथाभावीरुपमा नदीजन्य बस्तु उत्खनन् गरिएकोमा विरोध गर्दै स्थानीय बासिन्दाले काम रोकेर ठप्प पारेका छन । गढवा गाउँपालिका–५ धर्मपुर र मघर गाउँका स्थानीयले उत्खनन् भैरहेको स्थानमा पुगेर जथाभावी उत्खनन रोक्न उनिहरु खोलामै उत्रिएर बिरोध गर्दै काम रोकेका हुन ।
गढवा गाउँपालिकाले ठेक्का लगाएको स्थानबाट ठेकेदारहरुले ठूला मेसिनरी औजार प्रयोग गरेर नदीजन्य बस्तुको जथाभावी उत्खनन् हुदै आइरहेको छ। स्थानियबासिहरुले स्थानिय प्रहरी प्रशासनको मिलेमतो र सेटिङमा अबैध उत्खनन् भइरहेको छ । सरोकारवाला निरीह देखीएका छन । चुरेले पत्र पठाएर मेसिन नलगाउन निर्देशन दिएपनि अहिले मेसिन लगाएर अबैध काम भइरहेको छ ।
केही दिन अघि पनि यस्तै गरि उत्खनन् गरिएको थियो । विरोध भएपछि काम रोकिएको थियो । पछि फेरि उत्खननको काम सुरु भएको थियो । धर्मपुरको घाटमा गाउँपालिकाले ठेक्का लगाएको छ । पालिकाले ठेक्का लगाएको र आफूहरुले राजश्व बुझाएको हुनाले उत्खनन् गरेको ठेकेदार प्रतिनिधिको दाबी छ । जनताको तटबन्धले बनाएको तटबन्ध भत्काएर उत्खननको लागि बाटो बनाइएको छ । १७–१८ वटा टिप्पर र ६–७ स्क्याभेटर नदी क्षेत्रमा रोकिएका छन् । गढवा गाउँपालिकाका जनप्रतिनिधिलाई कुरेर स्थानीय बासिन्दा नदीमै धर्ना दिएर बसेका छन् ।।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्