२०७८ असार १० गते बिहिवार

पानीको ट्याङकीमा डुवेर घोराहीकी एक युवतीको मृत्यु



२७ जेठ,घोराही –
दाङमा पानीको ट्याङकीमा डुवेर एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार घोराही १५ निवासी २१ वर्षिय डिला भण्डारीको आज बिहान करिव १० वजेको समयमा मृत्यु भएको हो ।

घर नजिकैको टंकीबाट पानी तान्ने क्रममा डुवेर उनको मृत्यु भएको डिएसपी रिजाले जानकारी दिनुुभयो । मृतकको शवलाई पोष्टमाटमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाईएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्