२६ जेठ, घोराही –
दाङमा हिजो र आज ६२ देखी ६४ बर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस बिरुद्धको खोप लगाईएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार ६२, ६३ र ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोना बिरुद्धको भेरोसील नामको खोप हिजो र आज दाङमा लगाईएको छ । ज्येष्ठ नागरिकहरु निकै उत्साहित र खुशी हुदै खोप कार्यक्रममा सहभागी भएका हुुन् ।
हिजो जिल्लामा ३ हजार ६ सय ९ जनाले खोप लगाएका थिए । दाङमा हिजो र आज गरेर दुई दिने कार्यक्रम संचालन भएको थियो ।
त्यस्तै हिजो पहिलो दिन खोप लागाउनुभएकी घोराहीकी ६३ वर्षिय आमा दमीसरा घर्तीले भन्नुभयो,–‘ खोप पायौं, अब त बाँचिन्छ कि भन्ने आशा छ । खोप नलाउन नपाउदा निकै चिन्तामा थिए । खोप लगाउन पाउदा मनोवल बढेको र अझै केही वर्ष ढुुक्कताका साथ बचिन्छ कि भन्ने विश्वास पलाएको छ।’
जिल्लाका दश पालिकामा हिजो र आज गरेर करिब साढे ८ हजार जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्यसाथ हिजोबाट खोप अभियान थालिएकोे स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ ।
जस अनुसार घोराहीमा २ हजार ५ सय, तुलसीपुरमा २ हजार २ सय, लमहीमा ७ सय ४०, बंगलाचुलीमा ३ सय ६०, राप्तीमा ६ सय ३०, राजपुरमा ३ सय, गढवामा ५ सय ६०, बबईमा ४ सय २०, दंगिशरणमा ३ सय २० र शान्तिनगरमा ३ सय ८० गरि ८ हजार ४ सय १० जना जेष्ठ नागरिकले खोप लगाउने लक्ष्य राखिको हो । यसअघि दाङका २८ हजार व्यक्तिहरुले खोप लगाइसकेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले जानकारी दिनुभयो ।।