२०८० असोज १७ गते बुधवार

कर्णाली प्रदेशमा तीन दिन लगातार बैठक अवरुद्ध



२६ जेठ, सुर्खेत – 
नेकपा एमालेले लगातार रूपमा प्रदेश सभाको बैठक अवरुद्ध पारेको छ । बुधबार दिउँसो दुई बजेका लागि बैठक बोलाइए पनि झण्डै एक घण्टा ढिला गरी बैठक बसेको थियो । बैठकको सुरुमा नै एमालेका सांसदहरु उभिएर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो ।

अदालतले अपराध प्रमाणित गरिसकेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै तत्काल पदबाट हटाउन माग गर्दै एमालेले जेठ २४ गतेबाट बैठक अवरुद्ध पार्दै आएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले माग पूरा नहुञ्जेलसम्म बैठक सञ्चालन हुन नसक्ने बताउनुुभयो ।
साथै उहाँले लकडाउनका बाबजुत होटल, होटलमा आगामी आर्थिक वर्षका लागि योजना छनोटको काम भइरहेको बताउनुुभयो । मन्त्रालय त देखाउने ठाउँ मात्रै भएको उहाँको आरोप छ ।

एमालेको फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई सहयोग गरेका एमालेको माधव नेपाल पक्षका भौतिक पूर्वाधार एवम् सहरी विकास मन्त्री अम्मर बहादुर थापाको राजीनामा माग गर्दै आएको छ । मन्त्री थापालाई जालसाजी सरकारी कागजात किर्ते मुद्दामा जेठ तीस गते सर्वोच्चमा उपस्थित हुन भनेको छ ।

यस्तै बैठक बस्नु अघि बैठक सञ्चालन गर्ने विषयमा सर्वदलीय बैठक बसेको थियो । बैठक निष्कर्षबिहीन हुँदा प्रदेश सभाको बैठकको कार्यसूची अघि बढ्न सकेन । अवरोध जारी गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको सभामुख राजबहादुर शाहीले बताउनुुभयो ।। फरकधारबाट

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्