२६ जेठ, घोराही –
आज दाङमा ५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार सय जनामा परिक्षण गर्दा २७ महिला र ३२ पुरुष गरि ५९ जनामा कोरोना देखिएको हो ।
त्यस्तै आज थपिने घोराहीका २१, तुलसीपुरका २२, लमहीका ८, गढवाका ३, शान्तिनगरका २ ,राप्ती र बबईका १÷१ जना रहेका छन् । योसंगै जिल्लामा बैशाखयता संक्रमितको संख्या ७ हजार ४ सय ५१ पुगेको केन्द्रले जनाएको छ ।
संक्रमित मध्य अहिले अधिकांश संक्रमित घरमै बसेका छन् । जसमा ४ सय २० जना होमआईशोलेसनमा बसेका छन् । त्यस्तै सामान्य उपचारमा ९८ जना रहेका छन भने १५ जना आईसियुमा उपचाररत रहेको केन्द्रले जनाएको छ ।।