२०७८ माघ १३ गते बिहिवार

चोरी मुद्धामा फरार रहेका एक व्यक्ति घोराहीबाट पक्राउ



२५ जेठ, घोराही –
दाङ प्रहरीले चोरी मुद्धामा फरार एक व्यक्तिलाई आज पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा घोराही १५ ट्राफिकचोक बस्न ३६ सुबि चौधरी रहेका छन ।

उनीलाई प्रहरीले मंगलबार (आज) दिउसो चार बजे पक्राउ गरी सजाय भुक्तानका लागी दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

अदालतले उनी विरुद्ध २०६१ बैशाख ७ गते चोरी मद्धामा दोषी ठहर गदै ८ महिना ७ दिन कैद र ५ हजार रुपैया जरिवाना फैसला गरेको थियो । फरार हुदै आएका अभियुक्तलाई प्रहरीले घोराही १५ ट्राफिकचोकबाटैै पक्राउ गरेको हो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्