२५ जेठ,दाङ – आजदेखि कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप अभियान शुरु भएको छ । चीनले नेपाललाई दिएको १० लाख डोज भेरोसेल खोप देशभर लगाईदै छ। ६० देखि ६४ वर्षसम्मका सबैलाई नपुग्ने देखिएकाले काठमाडौं बाहिर ६२ देखि ६४ वर्षका नागरिकलाई मात्र लगाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा भने ६० देखि ६४ वर्षसम्मकै नागरिकलाई लगाइनेछ ।
जो जहाँ छ त्यहीँ खोप लगाउने नीति अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहसँग आवश्यक समन्वय गरेको जनाएको छ । स्थानीय तहले वडास्तरमा नै खोप केन्द्रको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले पनि ३२ नै वडामा खोप केन्द्रहरुको स्थापना गरेको छ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।
चिनियाँ खोप पहिलो डोज लगाउँदा केही कुरामा ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
खोप लगाउन जानेले ध्यान दिनपर्ने कुराहरु :