२०७८ असार १० गते बिहिवार

लुम्बिनी सरकारले भोली नीति तथा कार्यक्रम संसद्‍मा पेस गर्ने



२४ जेठ, दाङ – लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । सोमबार (आज) बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरी संसद्‍मा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार मंगलबार प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तुतका लागि बैठकले सिफारिस गरेको छ । सरकारका प्रवक्ता चौधरीले बहुमतको सरकारले नीति तथा कार्यक्रम पास गर्ने बताउनुुभयो । उहाँले विपक्षीले अल्पमतको सरकारको अरोप लगाए पनि त्यस्तो नभएको दाबी गर्नुभयो ।

विपक्षी दलहरूले सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना गरेका छन् । तर मन्त्री चौधरी ससद्‍बाटै बजेट आउने बताउनुुभयो। विपक्षी गठबन्धन भने सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पास गर्न नदिने रणनीतिमा छ ।

मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेकाले उनी नेतृत्वको सरकारले ल्याउने बजेट पास गर्न नदिने नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताउनुुभयो । उहाँले सरकार स्वेक्षाचारी ढंगले अधि बढेको पनि बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्