२०७८ माघ ३ गते सोमवार

दाङमा आज कसैको मृत्युु भएन, २१ जनाले जिते कोरोना



२४ जेठ, घोराही –
दाङमा आज (सोमबार) ४३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले दिएको जानकारी अनुसार १ सय १० जनामा कोरोना परिक्षण गर्दा १७ महिला र २६ जना पुरुषमा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा तुलसीपुरका १६, घोराहीका १३, लमहीका ११, शान्तिगर, दंगिशरण र बबइका १/१ जना रहेका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय १५ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ६ हजार १५ पुगेको छ । यस्तै बितको २४ घण्टामा जिल्लामा २१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

जसमा तुलसीपुरका ३, घोराहीका ११, लमहीका ७ जना रहेका छन् । यासंगै बैशाखयता जिल्लामा कोरोना मुक्त हुनेको संख्या ६५ सय ६३ पुगेका केन्द्रले जनाएको छ । यस्तै बितेको २४ घण्टामा दाङमा कसैको मृत्यु भएको छैन । जिल्लामा बैशाख यता कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८८ पुगेको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्