२०८० असोज १७ गते बुधवार

सल्यानमा शव बोकेको जिप दुर्घटना हुदा ३ जनाको अवस्था गम्भीर



२४ जेठ , सल्यान – सल्यानमा शव बोकेको जिप दुर्घटना हुदा सात जना घाइते भएका छन् । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको छ । सोमबार (आज) विहान नेपालगंजबाट शव बोकेर वनगाड कुपिण्डेको १० थापाचौर जाँदैे गरेको जिप वनगाड कुपिण्डेको वडा नम्वर ८ आगरनेटामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दुर्घटनामा परेको भे १ च ३६६९ नम्वरको डवल क्याप जिप सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनामा घाइते हुनेहरुमा जिप चालक बनगाड कुपिण्डे ८ वावियाका २६ वर्षिय बल बहादुर कवर, सोहि ठाउँ बस्ने ४० वर्षिय गाडि साहु होम बहादुर गिरी, बनगाड कुपिण्डे १० थापाचौर बस्ने २१ वर्षिय आईतुलाल थापा, ३२ वर्षिय खोकलाल थापा, २६ वर्षिय हुर्मति थापा, २० वर्षिय केशव थापा र ४५ वर्षिय टोप बहादुर घर्ति रहेका छन् ।

उनिहरु मध्ये चालक बल बहादुर, हुर्मति र आईतुलालको अवस्था गम्भिर छ । घाइते मध्ये तिनजनालाई उपचारको लागी नेपालगंज लगिएको छ भने ३ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको प्रहरी प्रवक्ता अर्जुन पौडेलेले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्