२०७८ माघ १३ गते बिहिवार

घोराहीमा वन मुद्धामा फरार ५ जना पक्राउ



२४ जेठ,घोराही – दाङ प्रहरीले वन मुद्धामा जरिवाना तोकिएका तर फरार रहेका ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार २०७४ साल चैत्र १४ गते दाङ देउखुरी जिल्ला अदालतले वन मुद्धामा एक लाख ३८ हजार ९ सय १७ रुपैयाँ ३७ पैसा जरिवाना तोकिएका ५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका २ निमुरिया निवासी ५४ बर्षिय गिरीराज गिरी, ५३ बर्षिय रामप्रसाद पाण्डे, ५६ बर्षिया सीता देवकोटा, ४४ बर्षिय लालबहादुर चौधरी र ४७ बर्षिय आलोक घिमिरे रहेका छन् । पक्राउ परेकाहरुलाई आवश्यक जरिवाना असुलीका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्