२०७८ माघ ३ गते सोमवार

माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु



२४, जेठ, दाङ –
माछा मार्न जाँदा गोहीले आक्रमण गर्दा चितवनका एक युवकको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिक बग्ने राप्ती नदीमा माछा मार्न जाँदा भरतपुर महानगरपालिका २५ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्रमणबाट भरतपुर २५ बनकट्टा नजिकका अन्दाजी ३५ वर्षका छन्नुराम बोटेको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुुभयो ।

बोटे गैरकानुनी रुपमा रातको समयमा निकुन्जमा माछा मार्न गएको निकुञ्जले जनाएको छ। चालू आर्थिक बर्षमा हालसम्म निन्कुन्ज र यसको मध्यवर्ती क्षेत्रमा १२ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु हुन पुगेको छ।

सो मध्ये ३ जनाको हात्ती, ३ जना बाघको, ३ गैंडाको, १ जनाको गौरी गाई, १ बँदेल र १ जनाको मगर गोहीको को आक्रमणबाट मृत्यु भएको छ। विभिन्न घटनामा २३ जना घाइते भएका छन् ।।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्