२०८० असोज १७ गते बुधवार

कलाकारलाई राहत प्रदान गर्दै म्युजिक भिडियो कलाकार संघ



२३ जेठ,दाङ – महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण यतिबेला विश्वनै आक्रान्त बनेको छ । यसको रोमथाम र नियन्त्रणको लागि सरकारले धेरैजसो ठाउँमा लकडाउन जारि गरेको छ । हरेक क्षेत्रहरु यसबाट प्रभावित बनको छन् ।

त्यस्तै कलाकार पनि यतिबेला समस्या परेका छन् । यस समस्यालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघले कठिन अवस्थामा रहेका कलाकारहरुलाई सहयोग गर्ने भएको छ । संघले हिजो (शनिबार) एक बिज्ञप्ती जारी गर्दै कठिन अवस्थामा रहेका कलाकारहरुलाई संस्थाबाट सक्दो सहयोग गर्ने कुरा सार्वजनिक गरेको हो।

कला र कलाकारहरुका शुभचिन्तकहरुले सहयोगको हात फैलाएको कारणले अप्ठ्यारो परिस्थितीमा परेका कलाकारहरुले सिधै म्युजिक भिडियो कलाकार संघका पदाधिकारीहरुलाई सम्पर्क गरी राहत लिन सक्ने कुरा म्युजिक भिडियो कलाकार संघका अध्यक्ष शंकर बिसीले जानकारी गराएका छन् ।

साथै सहयोगका लागी सचिव सुनिल लामिछाने ९९८४९४४६३३८० र कोषाध्यक्ष देबेन्द्र क्षत्री ९९८४१९८००२०० मा सम्पर्क गर्न सकिने कुरा अध्यक्ष बिसीले बताए ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्