२०७८ माघ ९ गते आइतवार

औषधि व्यवसायीमाथि गोली प्रहार



२३ जेठ, दाङ –
अज्ञात समूहको गोली प्रहारबाट एक जना औषधि व्यवसायी घाइते भएका छन् । सिरहाको मिर्चैयामा रहेको सिद्धी मेडीकल हलका संचालक राम सागर साफी माथि शनिबार राति पौने ८ बजे गोली प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा करिब २–३ मिटर पूर्वमा रहेको पसल अगाडी गोली प्रहार भएको प्रहरीले जनाएको छ । हात र खुट्टामा गोली लागेर घाइते भएका साफीको मिर्चैया स्थित मंगलम अस्पतालमा उपचार भइरहेको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्