२०८० असोज ६ गते शनिवार

उपप्रधानमन्त्री बनाउँदा पनि पैसाको ठूलो चलखेल भएको छ : महेन्द्र यादव



२२ जेठ,काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्रिपरिषद पूनर्गठन गर्दा तीन जनालाई उपप्रधानमन्त्री बनाउँदा त्यसमा पैसाको ठूलो चलखेल भएको टिप्पणी गर्नुभएको छ । राजेन्द्र महतो र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाईएकोबारे उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले यस्तो बताउनुुभएको हो । उहाँले भन्नुुभयो-“केपी ओली सरकारको मुश्किलले दश, पन्ध्र दिन होला । केपी ओलीले यस्ता जनाधारविहीन मान्छेहरुलाई, यो हैसियत नै नभएका मान्छेहरुलाई उपप्रधानमन्त्री बनाएर, यसमा पनि मलाई लाग्छ उपप्रधानमन्त्री बनाउने कुरामा पनि पैसाको चलखेल भएको छ । ठूलो चलखेल भएको छ ।”

उहाँले प्रधानमन्त्री ओलीले यो देशलाई कतातिर लगिरहेको ? भन्दै प्रश्न गर्नुभएको छ। उहाँले भ्रष्टाचारीहरुलाई मन्त्री बनाईएको पनि आरोप लगाउनुुभएको छ । उहाँले प्रधानमन्त्री ओली सबै मामिलामा असफल भैसकेको जिकिरगर्नुभएको ।। रिपोटर्सक्लबबाट

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्