२०८० असोज ६ गते शनिवार

रोल्पामा आउदो जेठ ३१ गते सम्म निषेधाज्ञा थपियो



२१ जेठ, दाङ –
रोल्पामा जारी निषेधाज्ञा आउदो जेठ ३१ गते सम्म थप गरिएको छ । विश्वभर फैलिएको कोरोना माहामारीको नयाँ भेरियन्टको जोखिमलाई मध्येनजर गदै यसको रोकथाम तथा नियन्त्रणका लागी आउदो जेठ ३१ गते सम्म निषेधाज्ञालाई जारी राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । जिल्लामा विहिवार राती १२ बजेदेखी जेठ ३१ गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा जारी राख्ने उहाले बताउनुभयो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको गत बुधवार बसेको बैठकले गरेको सिफारिस अनुसार यस्तो निर्णय भएको उहाले बताउनुभयो । जिल्लामा निषेधाज्ञा अवधीभर अत्यावश्यक सवारी साधन, नागरिक, खाद्यन्न पसल, पेट्रोलियम पदार्थ, औषधी उपचारका लागी सामग्री, बैंक, लगाएतका सेवा बाहेक अन्य सवै सेवा बन्द हुनेछन् ।

साथै दैनिक उपभोग्य बस्तु किनमेलका लागी दैनिक बिहान ६ बजेदेखी ९ बजेसम्म खाद्यन्न पसल खुला हुने भएका छन् । यस्तैगरी एम्बुलेन्स, खानेपानी, विद्युत, स्वास्थ्य,खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य पदार्थ लगाएतका ओसारपसारका लागी सवारी पास नचाहिने बताईएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्