२०७८ असार १० गते बिहिवार

घोराहीका ६७ जना किसानलाई कृषी यन्त्रहरु हस्तान्तरण



२० जेठ, घोराही –
घोराही उपमहानगरपालिकाले ६७ जना किसानलाई विभिन्न कृषी यन्त्रहरु हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा उपमहानगरपालिकाले ति ६७ जना किसानहरुलाई विभिन्न कृषी यन्त्रहरु हस्तान्तरण गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र कृषी विकास शाखा प्रमुख चोपनाराण खनालले किसानहरुलाई आज ति उपकरणहरु हस्तान्तरण गर्नुभयो । जस्मा १८ जनालाई पावर टेलर, ३० जनालाई मिनी पावर टेलर, १२ जनालाई पम्पसेट, ४ जनालाई पानी तान्ने मोटर, २ जनालाई रोटाभेटर र एक जनालाई धान काट्ने रिपर मेसीन हस्तान्तरण गरिएको हो ।

उक्त उपकरण खरीदमा उपमहानगरको ४९ लाख र लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैयाँ खर्च भएको शाखा प्रमुख खनालले बताउनुभयो । उपकरणहरु व्यवसायीकरुपमा सञ्चालन भएका फर्म तथा व्यक्तिगतरुपमा कृषि व्यवसाय गर्दै आएका किसानहरु रहेका छन् । उपकरण हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले यन्त्र उपकरणको सहि सदुपयोग गर्दै पेशामा व्यवसायीकरण हुने बताउनुभयो ।

कृषि पेशालाई व्यवसायीककरण गर्दै परम्परागत शैलीको खेतीलाई आधुनिक बनाउने स्थानिय सरकारले उदेश्य रहेको समेत उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्